कोल्हबी,बाराको कोल्हबी नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र (अस्पताल) संचालनमा आएको छ । नगर प्रमुख भरत भण्डारीले प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकलाई भवनको चाबी हस्तान्तरण गरेपछि आइतवारबाट अस्पताल संचालनमा आएको हो ।
नगर कार्यपालिका कार्यालयको चैत्र १५ गतेको निर्णय अनुसार नवनिर्मित कोल्हबी अस्पतालको एक कार्यक्रमकाबीच नगर प्रमुख भण्डारीले भवनको चाबी हस्तानतरण गर्नुभएको हो ।
अस्पताल सन्चालनमा आएपछि कोल्हबी नगरपालिकाको साथै जिल्लाको छिमेकी पालिकाहरु बारागढी गाउँपालिका, करैयामाई गाउँपालिका र रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाका सर्वसाधारण लभान्वित हुनेछन ।
कोल्हबी नगरपालिकाको लामो प्रयासपछि एकजना आँखाको चिकित्सकसहित ३ जना एमबिबिएस चिकित्सक, प्रयोगशालाका प्रविधिकलगायत आवश्यक अन्य कर्मचारीको सुविधासहित अस्पताल सन्चालनमा ल्याइएको नगर प्रमुख भण्डारीले जानकारी दिनुभयो । चिकित्सकको मासिक तलब बापतको रकम नगरपालिका कार्यालयको स्रोतबाट बेहोर्ने गरी सेवा सुविधा सुरु गरिएको मेयर भण्डारीले बताउनुभयो ।