कलैया,लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष एवं प्रदेश सांसद जितेन्द्र सोनलले चितवनको सिमलताल पहिरोमा परेर त्रिशुली नदीमा बेपत्ता बनेका बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ का ताराचन पटेल र उहाँकी श्रीमती कुश्मी देवी पटेल तथा बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ निवासी प्रमानन्द पण्डितको परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ ।
सांसद सोनलले पीडित परिवारसंग भेटघाट गर्दै आफ्नो तलबबाट नगद आर्थिक सहयोग र शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ । भेटघाटका क्रममा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष भोला गुप्ता, स्थानीय सुरेश गुप्ता, राजेन्द्र साह, प्रभु दास, सोनु साह, बिश्रामपुर गाउँपालिका अध्यक्ष जुबेर अली भुटो, लोसपा नेता कृष्ण साह, विजय पण्डित र सन्तोष पटेललगायत सहभागी थिए ।वीरगञ्जबाट काठमाडौं जाने क्रममा उनीहरु चढेको बस पहिरोमा परेर त्रिशुली नदीमा खसेर बेपत्ता भएको थियो ।



















