कृष्णमोहन साह
सेढवा,पर्साको कालिकामाई गाउँपालिकामा एयर गनको गोली लागेर एकजना बालक घाईते भएका छन् । कालिकामाई गाउँपालिका– ५ बस्ने अन्दाजी ११ वर्षीय बालक श्यामसुन्दर महतो केवट गोली लागेर घाईते भएका हुन् ।बगैचाको आँप टिपेको विषयमा विवाद हुँदा सोही स्थानका ४५ वर्षीय बलिराम तिवारीले चलाएको एयर गनको गोली लागेर बालक मंगलवार दिउँसो घाईते भएका थिए ।घाईते बालकको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेको पर्साका प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले जानकारी दिनुभयो ।गोली प्रहार गर्ने तिवारी फरार रहेको र उनको खोजी कार्य भईरहेको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।


















