मनोज शाह
जीतपुर,जीतपुरमा हिरो मोटरसाइकलको चेन्ज अफर (एक्सचेन्ज क्याम्प) आजदेखि शुरु भएको छ ।आजदेखि लगातार ६ दिनसम्म चल्ने उक्त अफरमा ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल ल्याएर हिरो कम्पनीको नयाँ मोडलको मोटरसाइकल लिनसक्ने व्यवस्था गरिएको छ ।
चेन्ज अफरअन्तर्गत हिरोका नयाँ मोडल, नयाँ प्रविधि र आधुनिक डिजाइनका मोटरसाइकलहरू विशेष सुविधासहित उपलब्ध गराइएका छन् । पुराना मोटरसाइकलको उचित मूल्यांकन गरी नयाँ मोटरसाइकल खरिदमा सहुलियत प्रदान गरिने आयोजकले जनाएको छ ।
हिरो चेन्ज अफरका सञ्चालक मन्तोष गुप्ताका अनुसार ग्राहकको आवश्यकता र रुचिअनुसार विभिन्न मोडलका मोटरसाइकलहरू उपलब्ध छन् । “नयाँ उद्योग, नयाँ मोडल र नयाँ तरिकाको हिरो मोटरसाइकल ग्राहकसम्म पु¥याउने उद्देश्यले यो चेन्ज अफर सञ्चालन गरिएको हो,” उहाँले बताउनुभयो ।जीतपुर तथा आसपासका मोटरसाइकल प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालन गरिएको यस अफरले पुरानो गाडी साटेर नयाँ, गुणस्तरीय र आधुनिक हिरो मोटरसाइकल लिन चाहनेहरूका लागि राम्रो अवसर बनेको आयोजकको भनाई छ ।

















