दुष्यन्त चौधरी
कलैया, १२ चैत्र । नेपाल सरकारको निर्णय तथा जिल्ला प्रशासन कार्यालय बाराद्धारा जारी भएको निषेधाज्ञा आदेशलाई पालना गराउने सिलसिलामा अवज्ञा तथा उल्लघन गर्ने १३ जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएका छन् । विश्वमा महामारीको रुपमा फैलिरहेका कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि संक्रमण फेला परेकाले जिल्ला प्रसाशन कार्यालय बाराले चैत्र ११ गते देखि १८ गते सम्म लकडाउन गर्ने सुचना प्रकाशित गरेको छ ।
लकडाउन उल्लघन गर्ने १३ जनालाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरेको बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए । नियन्त्रणमा रहेकाहरुलाई संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार एक सय रुपैया जरिवाना गरी छाडिएको समेत प्रहरी नायब उपरिक्षक मिश्रले बताए ।
साथै अवज्ञा तथा उल्लघन गर्ने एक १६ वटा मोटरसाइकल, एयटा अटो, एउटा ट्रेक्टर तथा एउटा सेन्ट्रो गाडीको डकुमेन्ट तथा साधन समेत नियन्त्रणमा लिई जरिवाना गरी छाडिएको बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक मिश्रले जनाए ।