सेढवा,पर्साको जिराभवानी गाउँपालिकामा वन उपभोक्ता समितिका एकजना उपाध्यक्षलाई चोरी चस्करीको काठ सहित नेपाली सेनाको टोलीले शुक्रवार पक्राउ गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षाथार्थ खटिएको सिद्धिबक्स गणको नेपाली सेनाको टोलीले पर्सा निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने जयमा जगदम्बा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष रामप्रबेश महतो कमकरलाई अवैध काठ सहित पक्राउ गरेको हो ।
कमकरको घरमा छापामारी गरेको सेनाको टोलीले ३ थान सिसौको काठसहित पक्राउ गरिएको पर्सा रास्ट्रीय निकुञ्जले जनाएको छ । उपाध्यक्ष कमकरले इजाजत बिना आफ्नै सामुदायिक वन क्षेत्रबाट सिसौको रुख कटान गरि ल्याएको र उनलाई निकुञ्जको हिरासतमा राखेर अनुसन्धान भैरहेको पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय अमलेखगंज आधाभारका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले जानकारी दिनुभयो ।

















