जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका– ३ बजनीमा रहेको गणपति वनस्पती उद्योग प्रालिमा श्रमिक र उद्योग व्यवस्थापनबीचको विवाद उग्र बन्दै गएको छ ।उद्योगमा कार्यरत श्रमिकहरुले उद्योग परिसरभित्र हडताल गरेपछि अहिले उद्योग नै बन्द भएको छ ।गणपति वनस्पती उद्योगले ५० जना स्थायी श्रमिक कटौती गर्ने सूचना निकालेपछि अहिले त्यहाँ कार्यरत श्रमिकहरु आन्दोलित भएका हुन । माघ २३ गते उद्योगले आर्थिक मन्दीको कारण देखाएर ५० जना श्रमिकको नाम नै तोकेर हटाउने सूचना निकालेपछि उद्योगमा कार्यरत ८९ जना स्थायी श्रमिकहरु काम रोकेर उद्योग परिसरमा हड्ताल गरिरहेका छन । उनीहरुले उद्योगमा नारा जुलुससहित दिनभरि नै प्रदर्शन गर्दैआएका हुन ।

विगत २५ वर्षदेखि निरन्तर रुपमा काम गर्दै आइरहेको कामदारलाई एकैपटक हटाउने सूचना जारी गरेपछि अहिले गणपति वनस्पती उद्योगमा कार्यरत कामदारहरु घर न घाटको भएको मजदुरहरुले बताएकाछन् । उद्योगमै काम गरेर आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएको र आफूहरुलाई गणपति वनस्पती उद्योगले आर्थिक मन्दीको बहाना देखाएर कामबाट निकाल्नु दुखद् रहेको कामदारहरुको भनाई छ । माघ २६ गतेदेखि नै ८९ जना कामदारले काम छोडेर उद्योग परिसरमा हड्ताल गर्दै आईरहेका हुन ।श्रम ऐन २०७४ मा कामदार कटौती गर्नुपर्ने अवस्थामा विदेशी श्रमिकलाई पहिले कटौती गर्नुपर्ने उल्लेख भए पनि उद्योगले स्वदेशी कामदारको कटौती गरेको श्रमिकहरुको भनाई छ ।

Leave a Reply