कान्तिपुर मिडिया हाउसका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि नेपालमा एउटा तरंग उत्पन्न भएको छ । जे भएपनि आजको दिनसम्म कैलाशलाई छुने आँट कसैले गरेको थिएन तर अहिलेको सरकार भनौं वा गृहमन्त्रीमा त्यो साहस देखिएको छ । हुन त कानुनभन्दा ठूलो कोही हुने कुरै आउदैन तर नेपालमा कानुन पनि त किनिन्छ नि त्यही भएर त कति निर्दोषहरु फसिरहेको उदाहरण पनि समाजमा छदैछ ।

कान्तिपुर भनेको आजको दिनमा नेपालको एउटा शक्तिशाली संचार माध्याम हो । त्यसो त कैलाशले गल्ती गरेको भए कारबाही गर्न हुदैन भन्ने हुँदै होइन ।उनलाई समात्दैमा कही प्रेस स्वतन्त्रता हनन् पनि भएको छैन तर सवाल के हो भने केवल देखाउनका लागि वा इगो साध्नका लागि मात्रै पक्राउ गरिएको हो भने त्यो एकदमै गम्भीर गल्ती हुनेछ । सबैलाई थाहा भइसकेको कुरा के हो भने रवि र कैलाशको बीचमा एकखालको लडाइ छ । तर यही बहानामा गृहमन्त्री रविले आफू पद र शक्तिमा रहेका बेला कैलाशलाई रिस पोखेको भए त्यो गलत हो तर कानुन सबैलाई समान हुने हो भने अब यस्ता कानुन विपरित कार्यमा संलग्न जो कोहीलाई पनि समात्नु पर्दछ र अनुसन्धान गरेर कारबाही गरिनुपर्छ ।

सरकार पक्ष भएपनि बिपक्षी भएपनि रबिले काम गर्नु नै पर्दछ । सरकारमा पनि गलत गर्नेहरु छन् । रबि स्वयम्का बिषयमा उठेको कुरा पनि स्पष्ट पार्न जरुरी छ अनि पीडित भनिएका ब्यक्तिहरुलाई उनीहरुको भावनाको संबोधन गर्न जरुरी छ । सहकारी प्रकरणको कुरा स्पष्ट पार्दै जिबी राई भनिएको ब्यक्तिलाई पनि पक्राउ गर्न जरुरी छ । कयौं म्ुलुकको सिधा गृहप्रशासनसंग जोडिएको बिषयमा रमिते बन्ने अनि कैलाशलाई थुन्न पाएकोमा मख्ख पर्ने हो भने गृहमन्त्रीको पतन फेरि चांडै नै निश्चित छ ।

Leave a Reply