कलैया,अनुदान रकम माग गर्दै उखु उत्पादक किसानले मंगलवार बाराको श्रीपुरस्थित रिलायन्स सुगर मिल्स एण्ड केमिकल ईण्डष्ट्रिजअगाडि प्रदर्शन गरेका छन ।सरकारले उखु किसानलाई प्रतिक्वीन्टल रु ७० रुपैयाको दरले उपलब्ध गराउनुपर्ने अनुदान रकम नदिएपछि उखु उत्पादक किसान संघ बाराको अगुवाईमा पीडित किसानहरुले सुगर मिलको गेट अगाडि टायर बालेर दिउसो प्रर्दशन गरेका हुन ।

 

किसानहरुले सरकारले अनुदानबापत प्रतिक्वीन्टल७० रुपैयाका दरले किसानहरुलाई करिब एक अर्ब ६० करोड भुक्तानी गर्न बाँकी रहेको जनाएका छन । उनीहरुले आर्थिक बर्ष २०८२ -०८३ को उखुको मुल्य तय गर्न किसानका प्रतिनिधिहरु,चिनी उद्योगी र नेपाल सरकारको प्रतिनिधिहरुको बिचमा वार्ता गराएर मात्र उखुको मुल्य निर्धारण गर्न पनि माग गरेका छन ।नेपालका चिनी मिलहरुले आर्थिक वर्ष २०८१-०८२ मा २ करोड १६ लाख क्वीन्टल उखु क्रसिङ्ग गरी एक लाख ८१ हजार मेट्रिक टन उखु क्रसिङ्ग गरेका थिए ।

उखु खेती गर्दा प्रति बिगहा दुई लाख रुपैया भन्दा बढी लाग्त लाग्ने गर्दछ भने एक लाख किसान परिवार उखु खेतीमा आश्रित रहेका छन । उँखुको उचित मुल्य नपाउदा उखु किसानहरुले गरेको सडक आन्दोलनपछि १५ वर्षअघिबाट सरकारले चिनीको बिक्रीमा लाग्ने भ्याटबापतको रकमको ९० प्रतिशत अनुदान उपल्बध गराउदै आएको थियो । यही अनुदानको रकमबाट प्रोत्साहित भएर किसान उखु खेती तर्फ आर्कषित भएका हुन । तर हाल सरकारले आफै उखुको मुल्य तोक्ने र अनुदानबाट प्रतिक्वीन्टल रु ७० अनुदानको व्यवस्था गरेको थियो । आर्थिक बर्ष २०८१÷२०८२ मा उखुको प्रतिक्वीन्टल मुल्य चिनी उद्योगले दिने र सरकारले दिने ७० रुपैया अनुदानसमेत गरी प्रतिक्वीन्टल रु ६ सय ५५ तोकेको थियो ।

चिनी उद्योगले दिने प्रतिक्वीन्टल रु ५८५ किसानहरुलाई भुक्तानी दिइसकेको छ । तर सरकारकोतर्फकबाट पाउनुपर्ने अनुदान रकम नपाएपछि उखु उत्पादक किसानहरु आन्दोलनमा उत्रिएका हुन ।आन्दोलनकारी किसानहरुले आगामी साउन मसान्तसम्म पनि आफूहरुको माग पुरा नभए भाद्र ८ गतेदेखि काठमाण्डौस्थित माइतीघर मण्डलामा भेला भएर धर्ना र विरोधका कार्यक्रम गर्ने जनाएकाछन ।नेपाल उखु उत्पादक किसान महासंघको साउन १२ गते बसेको बैठकले अनुदानको रकम माग गर्दै आन्दोलन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply