आर.के.चौधरी
सखुवाप्रर्सौनी,सब डिभिजन कार्यलय बडिनियारबाट खटी गएको टोलीले राष्ट्रिय वन क्षेत्रबाट चोरी तस्करी गरेर ल्याउदै गरेको २ थान सालको गोलियासहित एउटा साइकल बरामद गरेको छ ।
वन सुरक्षाकर्मीको टोलीले विशेष सूचनाको अधारमा पर्सागढी नगरपालिका वडा नम्बर ३ को बजार टोलबाट काठसहितको साइकल बरामद गरेको छ ।
बरामद काठ सब डिभिजन कार्यालय बडिनियारमा राखिएको र तस्करहरुको खोज तलास भइरहेको वन कार्यालयका सुबेदार प्रदिप तिमिल्सिनाले जानकारी दिनुभयो ।