वीरगञ्ज,पूर्वपश्चिम राजमार्गअन्र्तगत बाराको पथलैयादेखि कमला नदीसम्मको सडक चारलेन निर्माण हुने भएको छ । तत्कालीन सोभियत संघको सहयोगमा २०२१ सालमा निर्माण भएको राष्ट्रिय राजमार्ग अन्र्तगत दुई लेनको पथलैया– ढल्केबर सडकखण्ड चार लेनमा स्तरवृद्धि हुने भएको हो ।डक विभाग केन्द्रीय कार्यालयले आगामी साउनदेखि नै पथलैया–ढल्केबर चार लेन सडक खण्डको निर्माण थालिने जानकारी गराएको छ । विश्व बैङ्गको ८८ अर्ब ऋण सहयोगमा निर्माण हुने सडक १ सय ३० किलोमिटर रहने छ ।सडकको विविध पक्षमा अध्ययन गरी डिजाईन तयार गरीएको कार्यालयले जनाएको छ । सडकमा सवारी बिग्रिए निश्चीत समयको लागि पाकिीङ्ग, साईकल लेन, बिद्युत, पानी, नेटवर्कको पाइपलाईन, वन्यजन्तु मैत्री फुटपाथ र छोपिने गरी नाला निर्माण हुने सडकविज्ञ ईन्जिनीयर उमेश झाले जानकारी दिनुभयो ।अन्य सडक योजनाभन्दा फरक रुपमा विभागले सडक सीमा भित्रको संरचना हटाउने, रुख कटान गर्ने, बिद्युत लगायतका पोल सार्ने काम रणनीतिक हिसावमा थाल्ने जनाएको छ । दैनिक करिब ५ हजार बढी सवारीसाधन आवत जावत हुने २ लेनको सडक साघुरो र व्यस्त हुने गरेकै कारण सडक दुर्घटना र मानवीय क्षति हुँदै आएको छ ।पुर्वपश्चिम राष्ट्रिय राजमार्गकै बुटवल–नारायणगढ सडकखण्ड ४ लेनको सडक निर्माण भैरहेको छ ।

Leave a Reply