सिमरा, बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाकोमा उनीहरुसातै जनाको सनाखत भएको छ । प्रहरीका अनुुसार ज्यान गुमाउनेहरुमा भारत राजस्थानका करिब ६७ बर्षीय बहादुर सिंह, भारत राजस्थान कै ६० बर्षकी सत्यवती, भारत राजस्थान कै ७० बर्षका राजेन्द्र चतुरबेदी, राजस्थान कै ६५ बर्षीय श्रीकान्त चतुरबेदीरहनेका छन् । यसरी नै राजस्थानकै ६७ बर्षकी बैजन्ती देवी उपचारको क्रममा मृत्यु भएको हो । राजस्थान बस्ने ६५बर्षकी मिरा देबी छातिमा चोट गम्भीर
७। जिल्लानेपालको महोत्तरी जिल्लाको लोहारपटी नगरपालिका वडा नम्बर ५ बस्ने ४१ बर्षका बिजय लाल पण्डितको पनि निधन भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश ०३९००१ ख ७९९४ नम्बरको बस आज ९बिहीबार९ राति करिब १ः०० बजे दुर्घटना भएको हो । चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको थियो ।दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले उक्त बसका चालक तथा सहचालक दुुबैलाई जनकपुरबाट घाइते अवस्थामा पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here