काठमाडौं,
मधेस प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास असफल भएको छ । मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका जनता समाजवादीका पार्टीमा अध्यक्ष उपेन्द्र यादव नै निर्देशनबाट पछि हटनुभएको हो ।

मुख्यमन्त्री लालबाबु राउतको पार्टी जनता समाजवादीका प्रवक्ता मनिष सुमनले पनि सरकार परिवर्तनको प्रयास असफल भएको स्वीकारगर्नुहुन्छ । उहाँले चुनाव घोषणा भइसकेकाले मुख्यमन्त्री र मन्त्रीहरु हेरफेर सहजनदेखिएको र तत्काललाई केही नहुने बताउनुभयो ।

४ मंसिरको चुनाव घोषणा भएइसके पछि केही दिनअिघ अध्यक्ष यादवले राउतलाई राजीनामा गर्न निर्देशन दिनुभएको थियो । तर राउतले राजीनामा दिनुभएको थिएन ।

Leave a Reply