पुष्पराज खतिवडा

मनहर्वा, १५ श्रावण– पर्सा राष्ट्रिय निकुञ्ज बाघको उपयुक्त बासस्थानकोरुपमा विकास भइरहेको छ । निकुञ्ज क्षेत्रमा बाघसँगै अन्य वन्यजन्तुको संख्यामासमेत वृद्धि भइरहेको निकुञ्ज अधिकारीहरुले बताएका छन् ।

सन् २०१८ को गणनामा पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा १८ वटा पाटेबाघ रहेका थिए । निकुुञ्जमा जडित क्यामराले बाघको संख्या पछिल्लो समय बढेको देखाएको छ । सन् २०१९ मा २ वटा बच्चा सहितको बाघ र सन् २०२० को केही समय अघि मात्रै ३ वटा बच्चासहितको अर्को बाघ फेला पारेको छ । जाडोयाममा सन्तान उत्पादन गर्ने बाघकोलागि आवश्यक व्यवस्थापनमा निकुञ्ज प्रशासनले काम गरिरहेको निकुञ्जका अधिकृत (रेन्जर) प्रकाश पुनले जानकारी दिनुभयो ।
डमरुले सामान्यतया २ बर्ष पुगेपछिमात्र बगाल छाड्ने गर्दछन् । बगाल छाडेका बेला बाघ एक्लै हिड्ने र मानव बस्तीमासमेत पस्ने शंभावना हुनसक्छ । सन् २०१८ मा जन्मिएको बाघको बच्चाले केही समयभित्र बगाल छाड्ने संभावना रहेकाले सोको निगरानी भइरहेको पनि पुनले बताउनुभयो ।

गत फागुनमा निकुञ्जबाहिर डिभिजन वन कार्यालय पर्साको क्षेत्रमा एउटा भाले वयस्क बाघ मृत फेला परेकोबाहेक निकुञ्जमा बाघको मृत्यु वा सिकार नदेखिएको निकुञ्ज प्रशासनले जनाएको छ । उक्त बाघ पनि आहार खोज्ने क्रममा क्रममा आपसमा जुधेर मरेको अनुसन्धानबाट खुलेको थियो ।

मांसहारी प्रजातिको सबै भन्दा ठुलो जनावरको रुपमा रहेको बाघको आहारका लागि निकुन्जमा प्रति घनमिटर २२ प्रजातिका दर्जनौं वटा साना र साकाहारी जनवार रहेका छन् । यसले निकुञ्जमा बाघको आहारा पर्याप्त रहेको पुष्टि हुन्छ । तर साहाकारी जनावरको यो उपलव्धता चितवन राष्ट्रिय निकुञ्जको तुलनामा कम हो । चितवनमामा प्रति घनमिटर ६० को हाराहारीमा बाघको आहार प्रजातिका जनवार रहेको अधिकृत पुनले बताउनुभयो । निकुञ्जमा चितुवा, गौरी गाई, हात्ती, जरायो, मृग जस्ता जनावरसँगै उत्तरी क्षेत्रमा आधा दर्जन गैंडासमेत रहेका छन् । वन्यजन्तुको बास स्थान र वन्यजन्तु संरक्षणकोलागि वन क्षेत्रमा नियमित रुपमा सुरक्षा गस्ति भइहेको छ । वन्यजन्तु र मावनबीच हुनसक्ने संभावित दुर्घटना न्यूनीकरणमा निकुञ्जले चनाखो भएर काम गरिरहेको उहाँको भनाई छ ।

निकुञ्ज क्षेत्रमा बाघ र वन्यजन्तुकालागि आर्थिक बर्ष २०७६÷०७७ मा मात्रै ५ वटा नयाँ पोखरी निर्माण गरिएको छ । यसअघि निर्माण भएका ६० वटा कृतिम पोखरीको सरसरफाइ र पानीको व्यवस्थापनमा पनि निकुञ्जले काम गर्दैआएको छ । हलखोरिया, कामीनी, लौकी र काली जस्ता निकुञ्जभित्र रहेका थप ५ वटा प्राकृतिक दहकोसमेत संरक्षण हुँदै आएको अधिकृत पुनले बताउनुभयो । मानव निर्मित पोखरीमा सुख्खायाममा टेन्करबाट पानी ल्याएर नियमितरुपमा हाल्ने गरिएको पुनले जानकारी दिनुभयो ।

बारा, पर्सा र मकवानपुरको चुरे तथा भावर क्षेत्रमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने ६५ वटै पोखरीमा क्यमरा जडान गरिएको र यसबाट बन्यजन्तुको आवागमन र अवस्था पहिचान गर्न मद्दत मिलेको अधिकृत पुनले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here