वीरगंज, १७ साउन– कोरोना संक्रमणका कारण ज्यान गुमाएका मृतकहरूको शव गाड्ने विषयमा वीरगंज उपमहानगरपालिका– ३१ मिलनचोकमा शुक्रबार राति प्रहरी र स्थानीय बासिन्दाबीच झड्प भएको छ । स्थानीयको अवरोधका बाबजुद सुरक्षाकर्मी टोलीले शुक्रबार राति डेढ बजे शव व्यवस्थापन गरेको थियो ।
बिहिवार राति मृत्यु भएका तीन जना कोरोना संक्रमितहरूको शव वस्ति नजिकै गाड्न खोजेपछि अवरोधमा उत्रिएका स्थानीयकाे सुरक्षाकर्मीसंग राति ९ बजे झड्प भएको हो । सुरक्षाकर्मीले वीरगंज महानगरपालिका वडा नम्बर– ३१ स्थित मिलनचोक नजिक जंगलमा शव व्यवस्थापन गर्न खोजेका थिए ।
वस्ती नजिकैको जंगलमा शव गाड्न न िदने भनेर स्थानीयहरूले रोङ्कन खाेजेपिछ विरोधमा उत्रेकाहरुमाथि प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेरकाे र दोहोरो झडप भएको स्थानीय विजय गिरीले बताउनुभयो । स्थानीयले पनि सुरक्षाकर्मीहरुमाथि ढुंङ्गामुढा गरेका थिए । स्थानीयले ढुंङ्गामुढा गर्दा प्रहरी उपरीक्षक गंगा पन्तसहित सात जना प्रहरी र केही स्थानीय पनि सामान्य घाइते भएका छन् ।
कोरोना संक्रमणबाट मृत्यु भएकाको शव गाड्न नेपाली सेना र पर्सा प्रहरीको टोली दुई वटा स्काभेटरसहित मिलनचोक पुगेको थियो । यसअघि साउन १२ गते पनि शव गाड्ने विषयमा मिलनचोकबासीको अवरोधका कारण कोरोना संक्रमितबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा समस्या आएको थियो ।