विशेषगरी छिमेकी देश भारत र पाकिस्तानबीच लडाइ शुरु भएपछि धेरैले तेश्रो बिश्व युद्ध हुन सक्ने समेत आँकलन गरेका थिए । आतंकवादीहरुले २६ जनाको हत्या गरेपछि भारत कुद्ध बनेको थियो अनि पाकिस्तान विरुद्ध भारतले आक्रमण पनि शुरु गरेको छ र यो क्रममा केही निर्दोष नागरिकको समेत मृत्युभएको छ । भनायक युद्धको तयारीमा रहेका यी दुई देशकाबीचमा शान्ति हुनुआफैमा सबैका लागि राम्रो कुरा हो । लडाइ वा युद्धले कहिल्यै कसैको भलो हुदैन । त्यसैले पनि शान्ति पहिलो सर्त हो नै ।
यो बीचमा अमेरिकाका राष्ट्रपति डोनाल्ड टम्पले शान्तिको पक्षमा पहल गरेको कुरा सार्वजनिक भएको छ । अमेरिकी राष्ट्रपति टम्प आफैले शनीवार भारत र अमेरिका युद्ध बिरामका लागि सहमत भएको बताउनुभएपछि यो लडाइ अन्त्य हुने विश्वास लिन सकिन्छ । भारत र पाकिस्तानको लडाइ प्राय हुने गर्दछ तर यसले कसैलाई फाइदा भएको छैन ।जे भएपनि अमेरिकामा टम्प आएपछि विश्वमा शान्तिको प्रयास भएको देखिन्छ तर इजरायलमा प्रयास भएपनि सफल भएको छैन । रुस र युक्रेनमा पहल भएको छ अब भारत र पाकमा पनि पहल भएको छ । शान्ति होस् । शान्तिको पक्षमा कसले पहल गरेपनि त्यो एकदमै राम्रो हो र बधाईको पात्र हो । अमेरिकाको प्रयास लामो समय भने टिक्न चैं आवश्यक छ ।
















