कलैया,बिश्वब्यापी सामाजिक सुरक्षा सप्ताह २०२२ को अवसरमा सामाजिक सुरक्षा सम्वन्धि सूचना तथा सहायता केन्द्र अन्तर्गत हेल्प डेक्स कलैयामा शनिवार सम्पन्न भएको छ ।
वि.सोशियल.मोमेनटको सहयोग, सिविस तथा सामाजिक सुरक्षा नागरिक संजालको समन्वय, कलैया उपमहानगरपालिकाको सहकार्य र संरक्षण नेपालको आयोजनामा कलैयाको भरतचोकमा संचालित दुई दिने हेल्प डेक्समार्फत बिभिन्न लक्षित वर्गहरुलाई सेवा प्रवाह गरिएको छ ।
सामाजिक सुरक्षा अन्तर्गत पर्ने जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यतिm, बालबालिका, सिमान्तकृत, पिछिडिएका, यौनिक तथा लैगिक अल्पसंख्यक गरिब तथा बिभिन्न सेवाबाट बन्चित वर्गहरुको हकहित, संरक्षण र उत्थानको लागि स्थानीय तहबाट सेवा प्रवाहमा जोड दिने उदेश्यले हेल्प डेक्स संचालन गरिएको आयोजक संरक्षण नेपालको अध्यक्ष बृजमोहन कुशवाहाले बताउनुभयो ।
हेल्प डेक्समार्फत करिब एक सय ६५ जनालाई सामाजिक सुरक्षाको कानुनी प्रावधान बारे बिभिन्न पोष्टर र पम्पलेटमार्फत जानकारी दिइनुको साथै सेवा प्रवाह गरिएको संरक्षण नेपालको कार्यक्रम संयोजक श्री मुकेश कुशवाहाले बताउनुभयो ।
कार्यक्रममा लक्षित वर्गहरुको लागि विद्यमान कानुनी प्रवधान तथा नीति नियम लेखिएको पोष्टर, पम्पलेट, ब्रोसर तथा सूचनामार्फत हेल्प डेक्स संचालन भएकोमा कलैया उपमहानगरपालिकाको सामाजिक विकास तथा पंजिकरण शाखाका प्रमुख तपसीप्रसाद चौरसीयाले प्रसंशा गर्नुभएको थियो ।
सो हेल्प डेक्स उद्धाटन सत्रमा कलैया उपमहानगरपालिकाका प्रशासकीय अधिकृत नाथु साह, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख नेहाकुमारी केशरी, पंजिकरण तथा सामाजिक सरक्षा शाखाका शेषनाथ पासवान, लेखा शाखाका सुनिल यादव, संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहा, मुकेशकुमार कुशवाहा तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
यसैबीच बिश्वब्यापी सामाजिक सुरक्षा सप्ताह २०२२ को अवसरमा कलैयामा शनिवार सामाजिक सुरक्षा सम्वन्धि सडक नाटक प्रदर्शन गरिएको छ ।
वि.सोशियल.मोमेनटको सहयोग, सिविस तथा सामाजिक सुरक्षा नागरिक संजालको समन्वय, कलैया उपमहानगरपालिकाको सहकार्य र संरक्षण नेपालको आयोजनामा कलैयाका विभिन्न ३ स्थानमा सडक नाटक प्रर्दशन सम्पन्न भएको हो ।
सामाजिक सुरक्षा अन्तर्गत पर्ने जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यतिm, बालबालिका, सिमान्तकृत, पिछिडिएका, यौनिक तथा लैगिक अल्पसंख्यक गरिब तथा बिभिन्न सेवा बन्चित वर्गहरुको हकहित, संरक्षण र उत्थानको लागि स्थानिय तहबाट सेवा प्रवाहमा जोड दिने उदेश्यले उतm सडक नाटक संचालन गरिएको आयोजक संरक्षण नेपालको अध्यक्ष बृजमोहन कुशवाहाले बताउनुभयो ।
सडक नाटक मार्फत करिब सात सय ५० जनालाई सामाजिक सुरक्षाको कानुनी प्रावधान बारे बिभिन्न पोष्टर, पम्पलेटमार्फत सेवा प्रवाह गरिएको संरक्षण नेपालको कार्यक्रम संयोजक श्री मुकेश कुशवाहाले बताउनुभयो ।