कलैया,प्रहरीले नागढुंगाबाट प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले बाराको गढीमाई नगरपालिका वडा नम्बर १ का २७ बर्षिय युवकसहित २ जनालाई पक्राउ गरेको हो ।
उनीहरुबाट प्रहरीले ७ सय ५० एम्पुल लागुऔषध जफत गरिएको जनाएको छ । बाराको कलैयाबाबट काठमाडौँतर्फ जादै गरेको प्रदेश २–०३–००१ ख ३६२२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा मंगलबार दिउँसो नागढुङ्गास्थित चेकप्वाइन्टमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्का सप्तरी जिल्ला सखुवा गाउँपालिका वडा नम्बर ४ का १९ वर्षीय दिपेश कुमार राम रहेका छन् ।
बाराका यादवको साथबाट १ सय ५० एम्पुल नुफिन, १ सय ५० एम्पुल फेनेर्गन र १ सय ५० एम्पुल डाइजेपाम गरी ४ सय ५० एम्पुल लागूऔषध तथा रामको साथबाट १ सय एम्पुल नुफिन, १ सय एम्पुल फेनेर्गन र १ सय एम्पुल डाइजेपाम गरी ३ सय एम्पुल गरी जम्मा ७ सय ५० लागूऔषध बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।