काठमाडौँ, ५ असोज । नेपालगन्ज–३ एकलैनीमा चोरी गर्न लागेका २ जनालाइ स्थानियले पक्राउ गरेका छन् ।

उनिहरुको साथबाट स्थानियले ९७ गोलीका खोका र अन्य केही हातहतियार बरामद गरेका छन् । स्थानियले उनिहरुलाइ वडा प्रहरी कार्यलयमा बुझाएका छन् ।

स्थानियका अनुसार पक्राउ परेकाहरुले बोकेको बोराबाट त्यतिका धेरै गोलीका खोका भेटिएका हुन् । वडाध्यक्ष अय्युब सिद्दिकीले पक्राउ परेकामध्ये एकजना बर्दियाका र अर्का भारत बाबागन्जका रहेको बताए ।

जिल्ला प्रहरी कार्यलय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले यतिका धेरै गोलीका खोका उनिहरुले कहाँबाट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको बताए । साभार ः इकान्तिपुर

Leave a Reply