सरकारले आगामी वर्षका लागि बजेट सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको बजेटले नयाँ केही कुरा समावेश गरेको छ भने धेरै कुरा पुरानामै सिमित छ । सरकारले कस्तो बजेट ल्याउलाभन्दा पनि कसरी कार्यान्वयन गर्ला भन्ने प्रश्न मुख्य हो । खासमा सरकारले बजेट ल्याउने तर कार्यान्वयन पक्ष एकदमै कमजोर भएका कारण बजेट सरकारले सार्वजनिक गरिरहदा नागरिकहरुमा उत्साह कम भएको हो । त्यसो त सरकारले पूँजीगत बजेट नै खर्च गर्न नसक्दा पनि सरकारले ल्याउने गरेको बजेटका विषयमा प्रश्न उठ्दैआउने गरेको छ ।सरकारले सोमवार सार्वजनिक गरेको बजेटले पनि कार्यान्वयनको पक्षलाई कसरी अगाडि बढाउछ भन्ने कुरा नै महत्वपूर्ण हो । बजेटमा समावेश भएको कुरा व्यवहारमा कार्यान्वयन हुन अति आवश्यक छ । घोषणा गरिएका कुराहरुले पनि मुर्त रुप लिन आवश्यक छ । सरकारले बजेटमा कार्यक्रम घोषणा गर्ने तर काम नगर्ने गर्नाले पनि केही योजनाहरु वषौंदेखि अलपत्र छन् ।यस्तै मध्यको एक हो, निजगढ विमानस्थल । विगत दश वर्षदेखि बजेटमा यसको कुरा उठ्छ तर कार्यान्वयन पक्ष निकै फितलो छ । सोमवार सार्वजनिक गरिएको बजेटमा पनि फेरि निजगढको कुरा उठेको छ । अब सरकारले कसरी यसलाई संबोधन गर्छ भन्ने त हेर्न नै बाँकी छ यद्यपि सरकारले निजगढ सहित मध्य तराईको विषयमा घोषणा गरेको कार्यक्रम भने कार्यान्वयनमा आशंका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here