निजगढ,विश्व हिन्दु महासंघ बाराले संघीय सरकार नेपालमा हिन्दुहरुको संख्या कम देखाउने षडयन्त्रमा लागेको आरोप लगाएको छ । महासंघका बारा जिल्ला अध्यक्ष बाशुदेव गौतमले मंगलबार एक विज्ञप्ति जारी गरी आगामी जनगणनामा हिन्द्ुहरुको संख्या कम देखाउन जनगणनाको धर्म सम्बन्धि तथ्याङ्क फारमको महलमा मष्ट धर्मसमेत उल्लेख गरिएको बताउनुभएको छ । अध्यक्ष गौतमको हस्ताक्षरमा जारी विज्ञप्तिमा मष्ट कुनै धर्म नभएर खस आर्यहरुको देवता मात्र भएको बताउदै हिन्दु खस आर्यहरुलाई फुटाएर संख्या कम देखाउने क्रिश्चियनहरुको योजनामा संघीय सरकारले यस्तो कार्य गरेको आरोप लगाउनुभएको छ । विज्ञप्तिमा नेपाललाई इसाइकरण गर्ने योजना मुताबिक यस्तो कार्य हुने गरेको पनि जनाइएको छ । नेपालमा हिन्दु धमाम्बलीहरुको संख्या न्युन देखाएर अल्पमतमा पार्न २०६२÷०६३ सालको आन्दोलनपछि नै षडयन्त्र हुदै आएको र सोही क्रममा विश्वको एकमात्र हिन्दु् राज्य नेपाललाई क्रिश्चियनहरुको प्रभावमा परेर धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
Home राष्ट्रिय समाचार हिन्दुहरुको संख्या कम देखाएर नेपालमा इसाइकरण गर्ने षडयन्त्र भएको विश्व हिन्दू महासंघको...