कलैया,बाराको प्रसौनी गाउँपालिका ६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहालाई प्रहरीले आइतवार पक्राउ गरेको छ ।
कुशवाहालाई वडा कार्यालयको कार्यकक्षबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बारा जिल्ला अदालतबाट कुटपिट, चेक बाउन्स र अपराधिक लाभ सम्बन्धी तीन छुट्टाछुट्टै कसुरमा दोषी ठहर भई सजाय फैसला सुनाइएकाले कुशवाहालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार अदालतको फैसला कार्यान्वयन गर्नका लागि आरोपी कुशवाहालाई पक्राउ गरिएको हो । पक्राउ परेका वडा अध्यक्ष कुशवाहालाई बारा जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply