जियालाल चौधरी,

कोल्हबी,नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रेशम चौधरी जेलबाट रिहा भएको खुसियालीमा सोमवार कोल्हबी दिप प्रज्वलन गरेको छ ।सो पार्टीकोको बारा जिल्ला समितिको आयोजनामा कोल्हबी बजारमा दीप प्रज्वलन गरेको हो । अवसरमा स्थानीय थारु अगुवा, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।सांसद एवम् थारु तथा आदिवासी जनजातीका समुदायका नेता चौधरी ६ वर्षको जेल सजायपछि डिल्लीबजार कारागारबाट सोमबार बिहानै रिहा हुनुभएको थियो ।राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेपछि चौधरी रिहा हुनुभएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गर्नुभएको हो ।

Leave a Reply