पुष्पराज खतिवडा
बारा
१० चैत्र २०७७

प्रसौनी गाउँपालिकाले स्नातक गरी विवाह गर्ने स्थानिय छोरीलाई शुभसगुन स्वरुप ५१ हजार रुपैंया पुरस्कार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले सोमबार साँझ स्थानिय एक छोरीको विवाहमा सरिक भई पालिकाको तर्फबाट उल्लेखित रकमको चेक हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरेका हुन् ।
कार्यक्रम अनुरुप गाउँपालिका–१,को मुस्लीमटोल निवासी कलिम मिया मन्सुरीकी छोरी २५ बर्षिया असरिना खातुनलाई ५१ हजार रुपैंयाको चेक गाउँपालिकाले प्रदान गरेकोे छ । स्नातक उतिर्ण पश्चात सोमबार राती मन्सुरीकी छोरी असरिनाको विरगजंका नवजीव आलमसँग हुँदैछ । सोही विवाहको अवसरमा गाउँपालिका अध्यक्ष गुप्ताले उक्त रकम खातुनलाई हस्तान्तरण गरेका हुन् । चालु आवबाट कार्यान्वयनमा आएको कार्यक्रम अन्तरगत पुरस्कार पाउने असरिना पहिलो स्थानिय छोरी भएको गाउँपालिका अध्यक्ष गुप्ताले बताए ।
स्नातक गरेर आफ्नो खुट्टमा उभिएर विवाह गर्ने स्थानिय छोरीलाई शुभ सगुन स्वरुपम उक्त रकम हस्तान्तरण गरिएको अध्यक्ष गुप्ताले बताए । तराई मद्येशमा छोरीको शिक्षाप्रति जागरुप बनाउँदै छोरी बचाउ छोरी पढाउ कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रसाय गरिएको हो । छोरीलाई उच्च शिक्षा दिन सके छोरीको शुरक्ष ागर्न सकिने सन्देश दिनु कार्यक्रमको उदेश्य भएको अध्उक्ष गुप्ताले बताए ।
गाउँपालिकाले छोरीको शुरक्षा, शिक्षा र समग्र महिलाका पक्षमा गम्भीर रुपमा काम गरिरहेको छ । गर्भवती महिलालाई एकहजार रुपैंया पोषण भत्ता, आयोडिन यूक्त नुन, छोरी जन्मउँदा २ हजार स्याहार खर्च, सामुदयिक विद्यालयको ८ कक्षमा उत्कृष्ठ अंक ल्याउनेलाई ५जनालाई जनपह ५ हजार नगद दिने कार्यक्रम छ ।
यस्तै एसइईमा उत्कृष्ठ अंक ल्याई उतिर्ण हुनेलाई २५ हजार नगद र सामुदायिक विद्यालयका कक्षा ८मा अध्यायनरत सबैलाई छात्रालाइ साईकल प्रदान गर्दै आएको छ ।
प्रदेश नं.२ सरकारको छोरी बचाउ छोरी पठाउ कार्यक्रमको परिकल्पना गर्ने उक्त पालिकाले २०७४ मा दश हजार जम्मा गरि २० बर्षपछी १ लाख दिने कार्यक्र लागु गरेको थियो । सोही कार्यक्रमलाई प्रदेश सरकारले अपनत्व लिँदै छोरी पढाउ छोरी बचाउ कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो ।
त्यस कार्यक्रम अन्तरगत प्रदेश २ सरकारले २०७६ माघ यता जन्मीएका छोरीको १ लाख रुपैयाँको विमाका साथै सामाुदायकि विद्यालयको कक्षा ८ माथीका छात्रालाई बर्सेनी साईकल वितरणसमेत गर्दै आएको छ ।
सोमबार शुभसगुन स्वरुप ५१ हजार रुपैंया पुरस्कार हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गीता साह,वडाअध्यक्ष बैजु गुप्ता,आनन्द कुमार गुप्ता,स्थानिय शिक्षक एवं सामाजिक अगुवा निप्पु गुप्ता लगायतको सहभागिता रहेको थियो ।
प्mोटोमा ः गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ता असरिनालाई उनकै घरमा चेक हस्तान्तरण गर्नुहूँदै । साथमा गाउँपालिका उपप्रमुख लगायत ।

Leave a Reply