नागरिक उन्मुक्ति पार्टी हालै गठन भएको हो र उसले छोटो समयमा नेपालको सुदुर पश्चिमका केही भागमा सफलता पनि हासिल गरेको छ । तर, यसैका अध्यक्ष रेशम चौधरी अहिले जन्मकैदको सजायँका लागि जेलमा छन् तर यही जेठ १५ गते परेको गणतन्त्र दिवसको अवसरमा उनलाई आम माफी दिने गरी सरकारले तयारी गरेको छ ।२०७२ साल भदौमा भएको थरुहट आन्दोलनको नाउमा हिंस्रक घटना हुँदा ७ जना प्रहरीको ज्यान गएको थियो ।प्रहरीका उच्च अधिकारीलाई समेत घेरेर विर्भत्स हत्या गरिएको थियो र त्यसमा यीनै चौधरीको संलग्नता रहेको कुरा पुष्टी भएको छ । प्रहरीले त्यत्तिबेला गोली चलाएको भए र चलाउन पाएको भए संभवतः चौधरी आज शहिदको लिष्टमा रहन्थे होला तर उनको चलाखीका कारण प्रहरीको क्षति भयो र उनको ज्यान बच्यो तर जेलमा गए ।नेपालमा यस्ता जघन्य अपराधलाई राजनीतिक रंग दिएर कतिपय अपराधीलाई उन्मुक्ति दिने कार्य गरिएको छ । अदालतले अपराधी करार गरेको व्यक्तिलाई अपराध भन्दा फरक नपर्ने भएकाले पनि रेशमहरु अपराधी नै हुन् । यस्ताहरुलाई राजनीतिको नाउमा छुट दिने सरकारको तयारीले भने एकदिन नेपालको कानुनी राज्यको धज्जी उड्ने निश्चित छ ।














