पुष्पराज खतिवडा
बारा – अन्यबालीमा फौजीकिरा र जंगली जनवारले हैरान बनाएर तनाबमा रहेका बारा उत्तरी क्षेत्रका किसान जढिबुटि खेती तिर आर्कषित भएका छन् । जढिबुटी खेती गररै मनग्य आम्दानी हुन थालेपछी यस खेतीमा आकर्षण बढेको हो । एकविगाह क्षेत्रफलमा लगाएको सुगन्धीत जढिबुटि प्रजातीको क्यमोमाईल खेतीबाट राम्रो आम्दानी भएपछी तीनबर्षबाट नियमित रुपमा खेती गर्दै आएको जीतपुरसिमरा उपमहानगरपालिका १६ का ईमानसिंह लामाले बताए । एकपटक लागाएर पटकपटक आम्दानी लिन सकिने जडीबुटी उमहानगरकै वडा नं. १८, लामिडाँडामा रहेको नेचुरल रिर्सोस ईण्डष्ट्रजी प्रा.लि.ले खरिद गर्दै आएको छ ।
जढीबुटी खेतीका लागि कम्पनीले निःशुल्क विउ तथा प्राविधिक उपलब्ध गर्ने गरेको उनले बताए । अन्य खेतीबारीको तुलनामा कम लगानी अनी कमै झण्झटमा खेती हुने हुँदा आफुले जडीबुटी खेती रोजेको लामाले बताए । जढीबुटी खेती लगाउँदा कमै तनाब सहनु पर्ने रहेछ । किरा र जंगली जनवारले दुःख दिँदैनन् । एकपल्ट लगाएर दुईतिन उत्पादन लिनसकिने भएकाले आफन्नो रोजाईमा क्यमोमाईल परेकोे अर्का किसान विद्या राउतले सुनाईनन् । विचविचमा पानी लगाउने र पटक मल हाले भईहाल्छ, उनले भनिन् ।
यता नेचुरल रिर्सोस ईण्डष्ट्रजी प्रा.लि. प्राविधिक सल्लाहाकार अजय कुमार जैसवाल जिल्लाका विभिन्न ठाउँमा गरी चारसय ५० विगाह क्षेत्रफलमा मेन्था र क्यमोमाईल खेती भैरहेको जानकारी दिए । २ सय बढी किसानहरुले सुगन्धीत जढिबुटि मेन्था क्यमोमाईल खेती गरिरहेका छन् । मनहर्वा, लामिडाँडा, रामनगर, पैनीटोल, डुमरवाना गरी ३५० विगाहमा क्यममाईल र ५० विगाहमा मेन्था खेती भैरहेको जैसवालले जानकारी दिए । सुगन्धीत जढीबुटी खेती गर्ने किसानलाई गर्दा कम्पनीले निःशुल्क विउबेर्ना, प्राविधिक सेवासँगै तथा उत्पादन भएको बस्तु ढुवानी गरी दिने गरेको छ ।
यसका साथै मेन्था खेती गर्न चाहने किसानहरुलाई सुरुमै केही रकम पेश्कि दिने र उत्पादन खरिदको ग्यारेन्टी गर्ने गरेको उनले बताए । किसानले उत्पादन गरेको जढीबुटी कम्पनीले आफैं प्रशोधन गरिदिन्छ । प्रशोधनबाट निकालिएको तेल मेन्था प्रतीकेजी १ हजार २ सय रुपैयाँ र क्यमोमाईलको प्रतिकेजी २१ हजार रुपैंयाको दरमा हप्ता दिनमानै किसानलाई भुक्तानी गरिँदै आएको जैसवालले बताए । उनका अनुसार न्युनतम् मेन्था प्रति विगाह ८० लिटर र केमामाईल ४ लिटर भन्दा बढी सम्म हुने गरेकोछ ।