जियालाल चौधरी,

कोल्हबी,बाराको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवस्थित प्राथमिक स्वास्थ केन्द्र कोल्हबीमा २४सैैं घण्टा इमर्जेन्सी सेवा, प्रसुति सेवा र जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउने भएको छ ।२४सैं घण्टा इमर्जेन्सी सेवा, प्रसुति सेवा र जनस्वास्थ्य प्रयोगशाला सेवा बुधवार कोल्हबी नगरपालिकाका मेयर रामप्रसाद चौधरी एक समारोहका बीच उद्धाटन गर्नु भएको हो । उद्धाटन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले स्वास्थ्य सेवा मानव जीवनको सबैभन्दा महत्वपूर्ण र आवश्यक सेवा भएकोले नगरपालिकाले स्वास्थ्य सेवाको विकासको लागि प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । उहाँले स्वस्थ मानिसले मात्रै आफ्नो र समाजको लागि केही काम गर्नसक्ने भएकोले सबै मानिस स्वस्थ हुनुपर्नेमा जोड दिनुभयो ।कोल्हबी नगरपालिका वडा नम्बर १ का अध्यक्ष राजहरण चौधरीको अध्यक्षता र नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्धाटन कार्यक्रममा उपमेयर लक्ष्मीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारी, स्वास्थ शाखा प्रमुख मनोज चौधरी, पूर्ववडा अध्यक्ष भेषबहादुर ढकाल, नेकपा एमालेका नेता केवलप्रसाद चौधरी, माओवादीका तपेश्वर राय चौधरी, रबिन्द्र पनुहर लगायतले मन्तव्य राख्नुभएको थियो ।उद्धाटन कार्यक्रममा नगरपालिकामा वडाध्यक्ष, ईलाका प्रशासन कार्यालय कोल्हबीका प्रमुख नबिन चौधरी, ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख भोलामान सिंह अधिकारी, कोल्हबी स्वास्थ्य शाखा प्रमुख मनोज चौधरी, समाजसेवी हरिचन्द्र पनुहर, अजय साह, त्रियोगी राउत थारु, पुर्ववडा अध्यक्षहरु पुरनदेव चौधरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य डा. मुकेश यादवले राख्नुभएको थियो भने कार्यक्रमको संचालन रामसेवक साहले गर्नुभएको थियो ।

















