निजगढ,निजगढस्थित गौरीशंकर क्याम्पसका प्रमुख रामप्रसाद गौतम टाटासोमुको ठक्करबाट घाइते हुनुभएको छ ।क्याम्पस प्रमुख गौतमलाई पूर्वबाट काठमाण्डौंतर्फ जादै गरेको ना १ ज ४८०८० नम्बरको टाटासोमुले निजगढको शहिद चोकमा सोमवार बिहान ८.१५ बजे ठक्कर दिएको थियो ।सडक पेटीमा हिडदै गरेको अवस्थामा क्याम्पस प्रमुख गौतमलाई टाटासोमुले ठक्कर दिएको निजगढ प्रहरीले बताएको छ । गौतमको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।सामुदायिक अस्पताल निजगढमा प्राथमिक उपचारपछि रिफर गरिनुभएका गौतमको हाल काठमाण्डौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको परिवारजनले जनाएका छन । उहाँको अवस्था खतराबाहिर रहेको पनि बताइएको छ ।प्रहरीले टाटासोमु चालक रौतहटको चन्द्रपुर नगरपालिकाका २२ वर्षिय बिजबहादुर तमाङ्गलाई नियन्त्रणमा राखेको छ ।



















