नरेश गुप्ता
बरियारपुर,वैदेशिक रोजगार सम्बन्धि सामाजिक अभियन्ताहरूसंग मंगलबार कलैयामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
दास गेस्ट हाउसमा आयोजना गरिएको कार्यक्रममा नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौता बमोजिम संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्थानीय तह कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका र बारागढी नगरपालिकाका समाजिक अभियान्ताहरु सहभागी रहेका थिए ।
सामी हेल्भेटास नेपालको प्राविधिक सहयोग र दलित जनजाति उत्थान केन्द्रको सहजीकरणमा संचालित सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत सुरक्षित वैदेशिक रोजगार सम्बन्धि सामाजिक अभियान्ताहरुसंग अन्तरक्रिया कार्यक्रम परियोजना संयोजक सरोजकुमार सिंहको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा ३२ पुरुष र ४ महिला गरी ३६ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सूचना तथा परामर्शकर्ता सुनेश्वरप्रसाद साह, परियोजनाका परियोजना संयोजक सरोजकुमार सिंह, सामाजिक परिचालक बनारसी साह लगायतकाले सहजीकरण गरेका थिए । कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता किरण गिरी, रामबाबु सिंह, कृष्णनन्दन गुप्ता लगायतकाको उपस्थिति रहेको सूचना तथा परामर्शकर्ता सुनेश्वर साहले जानकारी दिनुभयो ।



















