नरेश गुप्ता
बरियारपुर – महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले कुस्ती दंगल तराई मधेसमा हाम्रो पहिचानको रुपमा स्थापित रहेको बताउनु भएको छ । मकर सक्रान्ती पर्वको अवसरमा रमनाकामना माई मन्दिर स्थित आयोजित दुई दिने कुस्ती दंगल प्रतियोगितालाई बिहिबार नगर प्रमुख यादव र पुर्व सभासद राधेचन्द्र यादवले संयुक्त रुपमा उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै वहाले बताउनु भयो ।
कुस्ती दंगल आफ्नो ठाउको शानको रुपमा स्थापित गराउन दक्ष कुस्ती खेलाडी उत्पादन गर्नु पर्नेमा जोड दिनु भयो । दंगल प्रतियोगितामा ख्याती प्राप्त खेलाडीहरुले अन्तरास्ट्रिय स्तरमा आफ्नो देशको नाम उच्च स्थानमा राख्ने गरेको छ । दुई दिन सम्म चल्ने कुस्ती दंगल प्रतियोगितामा नेपाल र भारतको नामुद पहलवानलाई भिडन्त गराईएको छ ।
बिहिवार समपन दंगल प्रतियोगितामा संजय पहलवान बनारसलाई महमफ समुदिन पहलवान गोरखपुरले पराजित गरेको थियो ।त्यसैगरी नेपाल प्रहरीको तर्फा बाट कुस्ती देखाईएको रितेश यादवले आफ्नो जोडि कानपुर निवासी मंगल पहलवानलाई पराजित गरेको हो । बाराको पिपराती निवासी कुस्ती खेलाडी अजित यादवले भारतको कानपुर निवासी रघुबिर यादवलाई पराजित गरेको थियो ।
कुस्ती दंगलमा पर्साको मिर्जापुर निवासी लक्ष्मुण पहलवानले मध्यप्रदेश निवासी जोगि पहलवानलाई पराजित गरेको थियो । हरेक बर्ढ झै यश बर्ष पनि महिला कुस्ती खेलाडीलाई सहभागी गराईएको थियो । महिला कुस्ती तर्फ नेपालको लहान निवासी सोनम मुक्ताङ्ग्ले आफ्नो जोडि भारतको मेरठ निवासी राधा पहलवानलाई पराजित गरेको थियो ।
रमनाकामनामाई मेला समितिको अध्यक्ष बिरेन्द्र यादवको अध्यक्षतामा समपन कुस्ती दंगल प्रतियोगितामा कुस्ती हेर्न बाराको प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोख्रेल ,सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदी सहित करोडौं दर्शकहरुले कुस्ती दंगलमा सहभागिता रहेको थियो ।