कृपा संवाददाता
हेटौंडा २७ कार्तिक । हेटौंडा १३ पदमपोखरीको वनस्पतीमा स्लाव ढलानको आज शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सडकको शिलान्यास गर्दै क्च्ची सडकलाई पक्की वनाउने अभियानमा आफु लागिपरेको वताउनुभयो ।

 

स्थानीयलाई असुविधा परेका सथनमा सडक निर्माणको कामलाई तिव्रता दिएको समेत उहांले वताउनुभयो । वनस्पतीमा ६ मिटर चौडाइ र १ सय ३५ मिटर लम्वाइको सडक निर्माण सुरु भएको हो । उपमहानगरपालिकाको १३ लाख रुपैयां वजेटमा सडक निर्माण गर्न लागिएको मेयर महतले वताउनुभयो ।

Leave a Reply