सिम्रौनगढ,बाराको आदर्शकोतवाल गाउँपालिका १ च्युटाहामा भएको आगलागीमा परी गम्भीर घाइतेहरुको उपचारको लागि गाउँपालिकाका अध्यक्ष जवाहरप्रसाद साहले आर्थिक सहयोग गर्नुभएको छ । अध्यक्ष साहले आगलगीमा परी घाइते बनेकाहरुलाई सोमवार वीरगन्जको नारायणी उपक्षत्रिय अस्पतालमा भेट गरी २५ हजार नगद सहयोग गर्नुभएको हो ।नारायणी अस्पतालमा उपचार हुन नसकेपछि अध्यक्ष साहको पहलमा थप उपचारका लागि घाइतेहरुलाई पालिकाको एम्बुलेन्समा राखेर काठमाडौ पठाइएको वडा नम्बर १ का वडा अध्यक्ष सुनिल कुशवाहाले जानकारी दिनुभयो ।आइतबार राती आगलागी हुँदा एकै परिवारका चार जना जलेर घाइते भएका छन् । घाइते हुनेमा पती÷पत्नी र दुई छोरा रहेका छन् ।लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोटु यादव र तीन वर्षिय सन्दीप यादव जलेर घाइते भएका हुन् ।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेका अनुसार घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भिर रहेको छ । सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उनीहरुलाई अस्पताल पु¥याएका थिए ।आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा आगलागी हुँदा सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत जलेर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पाण्डेका अनुसार आगलागीबाट चार लाख १० हजार बराबरको क्षति भएको छ ।

Leave a Reply