सिमरा,बारामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट मंगलवार अफिमसहित २ जनालाई पक्राउ गर्नुको साथै ५५ केजी गाँजासहित एउटा मोटरसाइकल बरामद गरेको छ ।ईलाका प्रहरी कार्यालय सिमराले मंगलवार बिहान १३ किलो अफिमसहित दुईजनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका ६ का सूर्यबहादुर मोक्तान र कैलाश गाउँपालिका ८ का भिमबहादुर मोक्तान रहेका छन् ।प्रहरी नायब निरीक्षक दीपक बस्नेतको नेतृत्वमा रहेको प्रहरी टोलीले अफिमसहित उनीहरुलाई सूर्य नेपाल कारखनाको अगाडिबाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले एक लाख ३३ हजार नगद समेत बरामद गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो ।विशेष सुचनाको आधारमा हेटौडाबाट वीरगञ्जतपर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१प–१६१४ नम्बरको स्कुटरको डिकीभित्र लुकाएर राखेको अवस्थामा प्रहरीले अफिम बरामद गरेको हो ।बरामद गरिएको अफिम करोडौ मूल्य बराबरको रहेको प्रहरीको अनुमान छ । पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छत्यसैगरी बारा प्रहरीले ५५ किलो लागूऔषध गाँजासहित एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जबाट प्रहरीले लागूऔषध गाँजासहित मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा रहेको प्रहरी टोलीले हेटौडाबाट वीरगञ्जतर्फ जादै गरेको बा.प्र.०२–०४४ प ६७५५ नम्बरको मोटरसाइकलमा २७ किलो ९० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो । मोटरसाईकलमा सवार दुई जना भने फरार रहेका छन् ।
यसैगरी हेटौडाबाट वीरगञ्जतर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाईकलबाट प्रहरीले २८ किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको हो । प्रहरीलाई देखेपछि उनीहरु झोला फाली फरार भएको प्रहरीले जनाएको छ ।
बारा प्रहरीद्वारा नगदसहित नियन्त्रणमा लिएका तिनजना रिहा
कलैया,जिल्ला प्रहरी कार्यालय बाराले ठूलो मात्रामा नेपाली र भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएका तीन जना भारतीय नागरिकलाई अनुसन्धानपछि रिहा गरेको छ ।गत आइतवार पथलैयाबाट पक्राउ परेका भारतको विहार राज्यस्थित दरपा ४ का उजीर मियाँ, विहार राज्यकै छौडादानो बुदबाहा ६ का समिर आलम र बुदबाहाका गफार मियाँलाई आवश्यक अनुसन्धानपछि प्रहरीले सोमवार रिहा गरेको हो ।
प्रहरीका अनुसार माघ २६ गते साँझ ५ बजे नारायणघाटबाट वीरगञ्ज आउँदै गरेको ना ५ ख ६५४४ नम्बरको यात्रु बस जाँच गर्दा तीन जना व्यक्तिको साथबाट नेपाली रुपैयाँ १० लाख १७ हजार ५०० र भारतीय रुपैयाँ एक लाख ४७ हजार ५०० फेला परेको थियो ।
अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूलेभारतबाट नेपालमा आएर सिरक, डसना, गद्दा तथा अन्य कपडाका समान बिक्री गरेर आर्थिक उपार्जन गर्ने गरेको र उनीहरुबाट बरामद भएको रकम सामान बेचेर जम्मा गरेको खुलेपछि उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले उनीहरूले आफ्नो सामुहिक आम्दानीसङ्कलन गरेर घर पठाउने गरेको पाइएपछि जफत गरिएको रकम फिर्ता गरेर उनीहरुलाई रिहा गरेको जानकारी दिनुभयो ।प्रहरीले पक्राउ परेका व्यक्तिहरुको विवरण सार्वजनिक गर्न ढिला गरेपछि सो विषयमा विभिन्न आशंका उत्पन्न भएको थियो ।















