निजगढ,मधेस प्रदेश सरकारको शिक्षा तथा सस्कृति मन्त्रालयले निजगढ नगरपालिका वडा नम्बर ६ स्थित श्रीगौरीशंकर माध्यमिक विद्यालय सडकटोलका प्रधानाध्यापक यादवकुमार तिमिल्सिनालाई उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत गरेको छ ।
जनकपुरमा मंगलवार आयोजना गरिएको कार्यक्रममा तिमल्सिनालाई मधेस प्रदेश सरकारकी शिक्षा तथा सस्कृति मन्त्री रानी शर्माले नगद ८ हजार ५ सय पुरस्कारसहितप्रअ तिमल्सिनालाई सम्मान गर्नुभएको हो ।मन्त्रालयले शिक्षक तिमल्सिनालाई प्रदान गरेको सम्मानपत्रमा– ‘मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम ‘एक स्थानीय तह, एक उत्कृष्ट शिक्षक पुरस्कार’ अन्तर्गत विद्यालय शिक्षाको सुधारमा पु¥याएको योगदानलाई उच्च कदर गर्दै सम्बन्धित स्थानीय तहको सिफारिसमा तपाईलाई शैक्षिक सत्र २०८१ का लागि नगद पुरस्कारसहित स–सम्मान उत्कृष्ट शिक्षकको रूपमा पुरस्कृत गरी यो कदरपत्र प्रदान गरिएको छ ।’ भनिएको छ ।
निजगढ नगरपालिकाका शिक्षकहरुमध्येबाट तिमल्सिना उत्कृष्ट शिक्षकको रुपमा सम्मानित हुनुभएको हो । सोही कार्यक्रममा मन्त्रालयले मधेसका सबै पालिकाबाट उत्कृष्ट शिक्षकको रुपमा एक÷एक जना शिक्षकलाई सम्मान गरेको थियो ।


















