जियालाल चौधरी
कोल्हबी,कोल्हबी नगरपालिका वडा नं.१ मा संचालनमा रहेको ग्रासरुट फुटबल खेलाडीहरुको लागि खेलकुद सामग्री प्रदान गरिएको छ ।कोल्हबी नगरपालिका वडा नंं. ९ का वडा अध्यक्ष दलबहादुर चौधरीले शनिबार ग्रासरुट फुटबल खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग गर्नु भएको हो ।ग्रासरुट फुटबलका प्रशिक्षक अनुठा चौधरीको अध्यक्षता र वडा अध्यक्ष चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ग्रासरुट फुटबल कोल्हबीका संस्थापक समाजिक अभियन्ता हिरालाल चौधरीको आग्रहमा ६ जोडी बुट सेट, ६ थान टिसर्ट, १ थान फुटबल लगायत अन्य खेलकुद आवश्यक सामग्री सहित करिब १२ हजार ६ सय बराबरको सामग्री सहयोग गरिएको हो । उक्त सहयोग वडा अध्यक्ष चौधरीले आफनो व्यक्तिगत खर्र्चबाट गर्नु भएको ग्रासरुटक फुटबलका संस्थापक हिरालाल चौधरीले जानकारी दिनुभयो ।कार्यक्रममा जनशक्ति क्लवका कोषअध्यक्ष रामदेयाल चौधरी, कोल्हबी ९ का वडा सदस्यका प्रत्यासी प्रकाश चौधरी, कोल्हबी ९ का सिकेन्द्र कुमार, श्री अनुप दिपनी माध्यामिक विद्यालय कोल्हबीका शिक्षक हरेराम चौधरी, ग्रासरुटका फुटबल खेलाडी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन ग्रासरुट फुटबल कोल्हबीका संस्थापक समाजिक अभियन्ता हिरालाल चौधरीले गर्नु भएको थियो ।



















