उमेश घलान
रतनपुर,निजगढ नगरपालिका वडा नं. १३ मा अवस्थित शक्तेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा दिपक न्यौपाने चयन हुनुभएको छ ।शनिबार भएको साधारण सभाले न्यौपानेको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिमा चयन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा रामकुमार कार्की, सचिवमा गोविन्द थापा, कोषाध्यक्षमा रचना आधिकारी र सहसचिवमा संगीता कार्की चयन भएका छन ।त्यसैगरी समितिको सदस्यमा राजकुमार थिङ्ग, सिताकुमारी कार्की लगायत चयन भएका छन । वडा नं. १३ का वडा अध्यक्ष सुर्यबहादुर घलानको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बाबा कुटी सरसफाइ गरी साधारण सभाको उद्धाटन गरिएको थियो ।नव निर्वाचित समितिका पदाधिकारी र सदस्यहरुलाई तत्कालीन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण आधिकारीले टीका र माला लगाएर बधाई दिनुभएको थियो ।कार्यक्रममा नेकपा एमालेबाट वडा नम्बर १३ मा वडा अध्यक्षका प्रत्यसी तथा युवा समाजसेवी कमान सिं थिङ्ग, डम्बरपुर÷भक्तलाल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव राजकुमार घलान लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष घलान, कमान सिं थिङ्ग, राजकुमार घलान लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । शक्तेश्वर मन्दिर झर्ना व्यवस्थापन समितिका अध्यक्ष नारायण आधिकारीको सभा अध्यक्षतामा भएको कार्यक्रमको संचालन भने गोविन्द थापाले गर्नुभएको थियो ।



















