कलैया,२०औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसर पारेर कलैया उपमहानगरपालिकाले मंगलवार नगरपालिकामा कार्यरत उत्कृष्ट २७ जना स्वयम्सेविकाहरुलाई सम्मान गरेको छ ।उपमहानगरका नगर प्रमुख बिनोद साहले स्वम्सेविकाहरुलाई दोसल्ला ओढाए सम्मान–पत्र सहित सम्मान गर्नुभएको हो ।‘स्वास्थ्य क्षेत्रमा दिगो विकाश महिला सामुदायिक स्वास्थ्य स्वयम्ंसेविकाको संयुक्त प्रयास’ भन्ने नाराका साथ मनाइएको दिवसको क्रममा उपमहानगरले उत्कृष्ट कार्य गर्ने स्वयम्ंसेविकालाई पहिलो पटक सम्मान गरेको हो ।सो अवसरमा उपसचिव प्रह्लाद वर्णवाल, स्वास्थ्य शाखा प्रमुख अजय जयसवाल, मनोज यादव, युएसआईडीका तेजनारायण साह तथा आसमान नेपालका डा.बिरेन्द्र सिंंह लगायत सहभागी रहेका थिए ।

Leave a Reply