कलैया,नेकपा एमालेको पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रियताको पक्षमा दहेसंग उभिन सक्ने पार्टी नेकपा एमाले मात्रै भएको दाबी गर्नुभएको छ ।सो पार्टीले संचालन गरेको वडा केन्द्रीत ३ महीने अभियानको क्रममा बारा क्षेत्र नम्बर ४ समन्वय कमिटीको विस्तारित बैठकलाई शंवोधन गर्दै नेता पौडेलेआइतवार सो कुरा बताउनुभएको हो ।
बैठकका प्रमुख अतिथि पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रवादी नेता भएको उल्लेख गर्दै एमाले र मुलुकका लागि ओलीको विकल्प नभएको पनि बताउनुभयो ।

भारतले नाकाबन्दी गर्दा प्रधानमन्त्री केपी ओलीले डटेर सामना गरेको स्मरणगर्दै उहाँले छिमेकी राष्ट्रसँग आँखामा आँखा मिलाएर कुरा गर्नसक्ने राष्ट्रवादी नेता केपी ओली मात्र भएको जिकिर गर्नुभयो । ‘नेपालमा यतिबेला ओली जस्तो अर्को राष्ट्रवादी नेता छैन, उहाँले भन्नुभयो, ओलीकै कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा र पहिचान अभिवृद्धि भएको छ ।’
बैठक क्षेत्रीय समन्वय कमिटीका संयोजक ध्रुब यादवको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य एकबाल मिया, मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल, बारा जिल्ला कमिटी अध्यक्ष अध्यानन्द पाण्डे, प्रदेश कमिटी सदस्यहरू अमर यादव, सुन्दर बिक, उमेश गुप्ता, जिल्ला जिल्ला कमिटीका उपाध्यक्ष भुलन चौधरी,उपसचिव जवाहिर अन्सारी लगायतले बोल्नुभएको थियो ।कार्यक्रमको सहजीकरण गजेन्द्र पटेलले गर्नुभएको थियो भने स्वागत अशेस्वर गुप्ताले गर्नुभएको थियो ।

Leave a Reply