वीरगञ्ज । पर्साको ठोरी गापामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।आज दिउँसाे ठोरी गापा-४ मालिवस्ती निवासी कान्छी भनिने कलावति सुवेदिको खेतमा काम गरिरहेको अवस्थामा बाघको आक्रमणवाट मृत्यु भएको हो ।अन्दाजी ४० वर्षीय सुवेदी भारतीय सिमाना नजिकै पर्ने खेतमा दिउँसाे खेतमा एक्लै काम गरिरहेको समयमा सुवेदीलाई बाघले आक्रमण गरेको कुसुमबाटिका उपभोक्ता समितिका अध्यक्ष बुद्धलाल पाख्रीनले जानकारी दिनुभयो । मृतकको शवलाई अहिले पोस्टमार्टमका लागि बिरगंज लैजाने तयारी भईरहेको उहाँले बताउनुभयो ।

Leave a Reply