बागमती गोल्डकप फुटबल प्रतियोगितामा आइतबार भएकोे प्रतियोगितामा नवजनजागृती युवा क्लब सिमरालाई ०–४ गोल अन्तरले पछाडि पार्दै मकवानपुर विजयी भएको छ । विजयी सँगै अव डाँफेले सेमिफाइनल प्रवेशको लागि बाटो खोलेको हो । अब मकवानपुरले जावलाखेल युवा क्लव स“ग प्रतिस्पर्धा गर्नेछ ।

 

 

 

 

प्रतिष्प्रर्धात्मक खेलमा ४० औं मिनेट मकवानपुरको तर्फबाट विश्व अधिकारीले प्रहार गरेका थिए । यसैगरी मकवानपुरबाट खेलिरहेका युवा स्ट्राइकर प्रिजेन तामाङले ४४ औं मिनेटमा दोस्रो गोल गरे । उनले सिमराका गोलरक्षक सुवास बलले गरेको गल्तीको फाइदा उठाउ“दै गोल गरेका थिए ।

 

 

 

 

 

खेलको ७० औं मिनेटमा मकवानपुरको तर्फबाट हिसुब थपलियाले तेस्रो गोल गरेका थिए । उनले कृष्ण लामाको क्रसमा गोल गरेका थिए । खेलको ९१ औं मिनेटमा रविन स्याङ्तानले चौथो गोल गरे । खेलमा मकवानपुरका हिसुब थपलिया म्यान अफ दी म्याच घोषित भए । उनले नगद पा“च हजार रुपैया“ प्राप्त गरेका छन् । प्रतियोगिता अन्तर्गत् सोमबार भोलि आयोजक बागमती खेलकुद विकास समिति र च्यासल युवा क्लबबीच खेल हुनेछ । प्रतियोगिता फागुन १२ गते सकिनेछ ।

 

 

 

 

 

गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छा् । उपविजेतले ३ लाख हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीले ५ हजार नगद प्राप्त गर्ने छन् । पहिलो बागमती गोल्डकपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here