निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ का नवनिर्वाचति वडा अध्यक्ष सूर्यबहादुर थापा मगर र वडा सदस्यहरुले बुधवार पदभार ग्रहण गर्नुभएको छ ।

पूर्वटोलस्थित वडा कार्यालयमा आयोजना गरिएको नवनिर्वाचत जनप्रतिनिधिहरुको स्वागत तथा निवर्तमान जनप्रतिनिधिहरुको विदाई कार्यक्रमको अवसरमा निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, निवर्तमान वडा अध्यक्ष थलप्रसाद गौतम र वडा कार्यालयका सचिव धर्मप्रसाद लामिछानेले वडा अध्यक्ष थापा र सदस्यहरु कुन्जरमणी सापकोटा, लिलानाथ गौतम, आशा चौलागाई र सविता दर्जीलाई पदभार गराउनुभएको हो ।

सो अवसरमा वडा सचिव लामिछानेलाई सम्मानित पनि गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले जनप्रतिनिधिहरुले निस्वार्थ भावनाले काम गर्नुपर्ने बताउनुभयो । त्यसैगरी वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन र वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोलेसहित वडा सदस्यहरुहले पनि पदबहाली गर्नुभएको छ । वडा कार्यालय भवनमा भएको सो कार्यक्रममा पूर्वजनप्रतिनिधि र कार्यालयका कर्मचारीहरुको पनि उपस्थिति रहको थियो ।

Leave a Reply