राजकुमार यादव
मौलापुर,रौतहटको देवाहीगोनाही नगरपालिकाको धरहरीमा नगर प्रमुख प्रेमलाल साहले बर्थिङ्ग सेन्टर भवनको शिलान्यास गर्नुभएको छ ।मंगलबार एक कार्यक्रमबीच वडा नम्बर ९ धरहरीका वडा अध्यक्ष वीरबहादुर साहको अध्यक्षतामा नगर प्रमुख साहले उक्त बर्थिङ्ग सेन्टर शिलान्यास गर्नुभएको हो ।प्रदेश सरकारको कुल २५ लाखको लागतमा स्वास्थ्य चौकी धरहरीको प्राङ्गणमा चार कोठे भवनको नगर प्रमुख साहले शिलान्यास गर्नुभयो । निर्माण हुने नयाँ चार वटा भवनमा एउटा कोठामा ल्याबका सामग्रीहरु राखिने वडा अध्यक्ष साहले बताउनुभयो ।धरहरीमा बर्थिङ्ग सेन्टर नहुँदा स्थानीय महिलाहरूलाई बच्चा जन्माउन शिवनगर, गौर, चपुर लगायतका ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो तर भवन निर्माण भएपछि उक्त समस्या समाधान हुने भएको छ । धरहरीमा पहिलो पटक बर्थिङ्ग सेन्टर शिलान्यास भएपछि वडावासी लगायत आसपासका बासिन्दाहरू लाभान्वित हुने वडा अध्यक्ष साहले जानकारी दिनुभयो ।उपभोक्ता समितिमार्फत दुई महिनाभित्र निमार्ण कार्य सम्पन्न हुनुपर्ने वडा अध्यक्ष साहले जानकारी दिनभयो । बर्थिङ्ग सेन्टर शिलान्यास कार्यक्रममा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जहरुल देवान, कोषाध्यक्ष सगरी देवी, सचिव बिनोद साह लगायत स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।
















