सिकिन्द्र साह
सिम्रौनगढ,सशस्त्र प्रहरीले बाराको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपातिको इनर्वाबाट शुक्रवार राति ५० केजी लागूऔषध गाँजा बरामद गरेको छ । ५ वटा पोकामा राखेर तस्करहरुले नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले राति ११ बजे गाँजा बरामद गरेको हो ।
प्रहरीलाई देखेपछि गाँजाका तस्करहरु भने गाँजाको पोका फ्यालेर सिमापारी भारततर्फ फरार बनेको बताइएको छ । त्यसैगरी शनिवार बिहान पनि प्रहरीले पचरौता नगरपालिका वडा नम्बर ७ चिकनीबाट भारततर्फ लैजादै गरेको अवस्थामा १० केजी चरेश बरामद गरेको छ । बैनौलीस्थित सशस्त्र प्रहरीका सइ लिलाबहादुर ठाडा मगरको कमान्डमा खटिएको टोलीले बिहान ९ बजे १० केजी चरेश बरामद गरेको हो । प्रहरीलाई देखेपछि चरेशको पोका फ्यालेर तस्करहरु भएको प्रहरीले बताएको छ । बरामद गाँजा र चरेशका तस्करहरुको बारेमा अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले बताएको छ ।



















