भारतीय नागरिकहरुले नेपाली नागकिरता लिनु सामान्य जस्तो लाग्न थालेको छ । झुटा विवरण पेस गरी १० भारतीयले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि त नागरिकता बजारमा बिक्रीका लागि राखिएको बस्तु हो कि जस्तो देखिएको छ । यसरी भारतीय नागरिकहरुले नेपाली नागरिकता लिने कार्यमा नेपालको पनि बारा र पर्सा नै अगाडि देखिएको छ । बारा, पर्सा लगायतका जिल्लाबाट उनीहरुले नागरिकता लिएरै छाडेकाछन् । राहुल गुप्ता, भरतप्रसाद गुप्ता, ज्ञानमतीदेवी गुप्ता, गोपाल गुप्ता, रामसुन्दर गुप्ता, रामप्रवेश गुप्ता, भरत गुप्ता, स्नेहलता गुप्ता, मिनादेवी गुप्ता र राजेशकुमार गुप्ताले नेपाली नागरिकता लिन सफल भए । यो देशमा यसरी निर्वाध नागरिकता लिने वातावरण कसले बनाइ दियो भन्ने विषयमा छानबिन हुन आवश्यक छ । एउटाको प्रयासले वा एकजनाको मात्रै इच्छाले यो संभव भएको होइन ।उनीहरुको सन् २०२१ देखि हालसम्म पनि भारतीय मतदाता नामावलीमा विवरण अद्यावधिक रहेको पाइएपछि यसमा छानबिन हुन आवश्यक छ । ककस्को संलग्नता छ भन्नेमा पनि छानबिन हुन आवश्यक छ । यिनीहरुलाई नियम कानुनको समेत खिल्ली उडाएर कसले दियो नागरिकता भन्नेमा छानबिन होस् ।

Leave a Reply