हुनत् संविधानमा सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न पाउने अधिकार प्रदेश प्रमुखलाई दिएको छ । कुरो मधेश प्रदेशको हो र सोमवार दिनभर मधेस प्रदेशमा जे भयो त्यसले मधेसको मात्र होइन देशको मात्र होइन संघीयताको गज्जबको हुर्मत लिने काम भएको छ ।पदमा आफ्नो मान्छे भयो भने जे पनि हुन्छ भन्ने कुराको संकेत पनि मधेश प्रदेशको घटनाले देखाएको छ ।

संविधानतः प्रदेश प्रमुख भनेको पनि प्रदेशको हकमा संविधानको पालक नै हो र संरक्षक नै हो तर नेपालमा भने जसलाई संविधानको संरक्षक भनिन्छ उनीहरुबाट नै संविधानको हुर्मत लिने गरिएको छ ।मधेसमा देखिएको राजनीतिक अस्थिताका बीचमा प्रदेश प्रमुखले गरेको कार्य ठीक भन्नेहरुको पनि जमात होला तर यो ठीक कुरा होइन । हो, कसैले बहमुत पु¥याउन नसकेको अवस्थामा ठूलो दलका व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्दा बाधा हुने कुरै भएन तर दुई वा सोभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनाउने प्रयास भइरहेको अवस्थामा हठात् आफ्नो दलका व्यक्तिलाई मुख्यमन्त्री बनाउदा बिग्रह हुन्छ र मधेसमा सोमवार दिनभर त्यही भयो ।

त्यहाँ प्रहरी कुटिएका छन् । कर्मचारी कुटिएका छन् । वास्तवमा यी सबै घटनामा प्रहरी वा कर्मचारीको दोष छैन । उनीहरुले आदेशको पालना गर्ने हो तर प्रहरी र कर्मचारी कुटिएका छन् । यसले जसले जे गरेपनि हुन्छ भन्ने कुरा पनि देखिएको छ । जुन कसैका लागि पनि घातक हो ।मुख्यमन्त्री नियुक्तिको विषय गलत भएपनि फेरि अर्को गल्ती बाँकी दलबाट भयो र जसले आफ्नै सम्पत्ति तोडफोड गरेका छन् अनि कर्मचारी र प्रहरी कुटेका छन्, जुन निकै विडम्बनाको कुरा हो ।

 

Leave a Reply