नेपालमा कोरोनाको महाहारी शुरु भएको चार महिना पूरा भएको छ । यो अवधिमा सरकारले सय दिन भन्दा बढी समय लकडाउन समेत गरेको थियो ।

लकडाउनका बावजुद नै कोरोना संक्रमितहरु बढेका हुन् । नेपालमा दोश्रो संक्रमित देखिएपछि अर्थात चैत ११ गतेबाट लकडाउन शुरु गरेको सरकारले हाल केही स्थानमा लकडाउन खुला गरेपनि बारा र पर्सा क्षेत्रमा भने अझै जारी राखेको छ । यस क्षेत्रमा बढदै गरेको संक्रमणका कारण लकडाउन हट्न सकेको छैन ।

पछिल्लो समय वीरगन्ज क्षेत्रमा कोरोना संक्रमण बढेको छ । र जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज उपमहानगरापलिकामा निषेधाज्ञा पनि जारी गरेको छ । वीरगंज र आसपासका क्षेत्रमा दैनिकरुपमा कोरोना संक्रमितहरुको मृत्यु हुने क्रम पनि बढिरहेको छव ।

अहिलेसम्म वीरगंजमामात्र ७ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन भने सयौं संक्रमित फेला परेका छन । कोरोना प्रकोपकै उपमहानगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा आदेश जारी गरेको छ । हुनत, संक्रमणका शुरुवाति दिनमा पनि वीरगन्जमा कोरोना महामारी देशका अन्य भागमा भन्दा केही बढी नै थियो । केही समयअघि संक्रमितको यो संख्या घटेको जस्तो पनि देखियो । तर पछिल्लो समयमा वीरगंजमा संक्रमितको संख्या एकाएक वृद्धि भएको छ । र केहीले ज्यानसमेत गुमाइ सकेका छन ।

वीरगंजमा कोरोना संक्रमणले महामारीको रुप लिनुको पछाडि भारतीय नागरिकको खुल्ला आवागमन नै हो । खासगरी वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका केही उद्योगले भारतीय कामदार ल्याउने क्रम बढाएपछि वीरगंज क्षेत्रमा पछिल्लो समय कोरोना जोखिम पनि बढेको हो । भारतमा भयानक रुपमा विस्तार हुदै गरेको संक्रमणको बेला उद्योगहरुले भारतीय श्रमिक ल्याएर उद्योग सञ्चालन गर्न थालेपछि अहिलेको समस्या बल्झिएको हो ।

जसका कारण वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रका स्थानीय कामदारमात्रै होइनन, स्थानीय बासिन्दा र सर्वसाधारणमा पनि जोखिम बढेको छ । यस क्षेत्रको जगदम्बा इन्टरप्राइजेज, मारुती फर्माजस्ता उद्योगमा कार्यरत श्रमिकमा कोरोना पुष्टि भइसकेको छ । र यसबाट समुदाय स्तरमा कोरोना फैलिन खतरा देखिन्छ ।

संक्रमण नियन्त्रण गर्न भन्दै नेपाल सरकारले भारतबाट प्रवेश गर्नेहरुमाथि रोक लगाउने निर्णय गरेकै अवस्थामा भारतबाट निर्वादरुपमा भइरहेको प्रवेशले स्थानीय प्रशासनको नियतमाथि पनि प्रश्न उठने अवस्था सृजना भएको छ । सिमा क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथी गरिएको अवस्थामा प्रहरी प्रशासनको मिलेमतो बेगर यस्तो कार्य शंभव हुदैन ।

यसबाट कतै सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले आर्थिक प्रलोभनमा परेर भारतीयहरुलाई नेपाल प्रवेशमा छुट दिने गरेका त छैनन भन्ने आशंका जन्माएको छ ।

नेपालमा सुरक्षाकर्मीको वितगको प्रवृत्तिलाई हेर्ने हो भने त्यस्तो नभएको होला भनेर ढुक्क हुनसक्ने अवस्था पनि छैन । त्यसैले यस्तो शंवेदनशील विषयमा प्रलोभनमा परेर कसैले त्रुटी गरेको रहेछ भने दोषिमाथि कारवाही हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here