कृष्ण मोहन साह
सेढवा – वीरगन्जका एक औद्योगिक घरानाका व्याक्तिलाइ कोबिड १९ कोरोना भाइरसको संक्रमण लागेको खबर भारतीय समचार माध्यमबाट सार्बजनिक भएको छ । रुङगटा ग्रुपका सदस्य वीरगन्ज १० आदर्शनगर निवासी ६७ वर्षिय शीव कुमार रुङगटा कोरोना भाइरसबाट संक्रमीत भएको खबर भारतका टेलिभिजन च्यानलहरुले आइतबार साँझ देखि प्रशारण गरिरहेका छन् ।
भारतीय सन्चारमाध्यमका खबर अनुसार , कोरोना संक्रमीत रुङगटालाइ , भारत बिहार पटनाको पीएमसीएच अस्पतालकै आइशोलेशन वार्डमा राखिएको छ । भारतीय खबर १२ दिन पहिले आफन्तको वैवाहिक समारोहमा कोलकत्ता गएका रुङगटा , त्यहाबाट दिल्ली गएका थिए । दिल्लीबाट साता दिन पहिले वीरगन्ज स्थित घर फर्किएका रुङगटा अचानक बिरामी परेपछि उपचारका लागि ४ दिन पहिले बिहारको पटना गएका थिए ।
पटनाको पिएमसीएच अस्पतालमा भर्ना भएका रुंगटालाइ त्यहि उपचारका क्रममा काबीड १९ कोरोना भाइरस लागेको पुष्टि आज भएको हो । ग्रिनी सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले पनि रुङगटालाइ कोरोना लागेको खबर सत्य रहेको बताउनुभयो । उहाले भन्नु भयो , यो खबर सत्य हो , वीरगन्ज स्थित घरका सबै सदस्यहरुलाइ साँझ देखि घरभित्रै बस्न भनिसकेका छौ , घरमा उनका श्रीमति सहित परिवार ८÷१० जना सदस्य छन् , सबै जना आफनै घरभित्र आइशोलेशनमा बसेका छन् ।

Leave a Reply