उमेश घलान

रतनपुर,रेडक्रसका संस्थापक जाँहेनरी ड्युनाको जन्म दिनको अवसर पारेर मनाइने विश्व रेडक्रस दिवस नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाले पनि सोमवार मनाएको छ ।‘रेडक्रसः सबै ठाउँमा, सबैका लागि भन्ने नाराका साथ देशभरि दिवस मनाउने क्रममा निजगढमा पनि मनाइएको हो । नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखा कार्यालयमा आयोजित समारोहको सोसाइटीका निजगढका अध्यक्ष नारायणप्रसाद शर्माले रेडक्रसको संस्थापक जाँहेनरी ड्युनाको तस्विरमा माला र खादा अर्पण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।कार्यक्रममा सोसाइटी बाराका महामन्त्री कृष्णाप्रसाद खरेलले विश्व रेडक्रस दिवसको महत्वमाथि प्रकाश पार्नुभएको थियो । सोही अवसरमा उहाँले रेडक्रसको अन्तर्राष्ट्रिय विश्व रेडक्रस अभियानमा नेपाल रेडक्रसको अमूल्य योगदान रहेको बताउनुभयो ।निजगढ उपशाखा कार्यालयमा सोसाइटीका सभापति नारायणप्रसाद शर्माको अध्यक्षता भएको सो कार्यक्रममा बाराका महामन्त्री खरेल प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखा कार्यासमितिका सदस्यहरु गंगा शिवाकोटी, हरिप्रसाद न्यौपाने, अमृतराज उप्रेती, त्यस्तैगरी श्याम सिग्देल, गोपालकाजी श्रेष्ठ, प्रमिला नेपाल, छेवाङ्गपृत लामा, मानबहादुर डासेली, धनमाया लामा, सीता मैनाली, कल्पना खरेल, बबिता सापकोटा र बद्रिप्रसाद चिमरिया लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply