एमालेको दशौं महाधिवेशन निर्वाचन प्रकृयाबाट नै सम्पन्न भएको छ । निर्वाचन प्रकृयाबाट नै महाधिवेशन सम्पन्न भएको हो । अध्यक्षमा फेरि केपी ओली नै जितेका छन् । उनले लोकतान्त्रिक प्रकृयाबाट प्रकृयाबाट नै एमालेको अध्यक्षमा बिजयी भएका हुन् । उनीसंगै अध्यक्षमा उठेका भीम रावललाई पराजित गरेर उनी अध्यक्ष पदमा चुनिएका हुन् ।

यद्यपि उनको अध्यक्ष पदमा चुनिने प्रावधान भने केही गलत भएको देखिन्छ । लोकतान्त्रिक पार्टीमा लोकतान्त्रिक प्रणालीबाट नै अध्यक्ष वा अरु पद चयन हुने हो तर अध्यक्ष पदका लागि गरिएको हर्कत अनि अध्यक्ष पदमा उठेका रावलमाथि लगइएको केही प्रतिबन्धले भने एमालेमा आन्तरिक लोकतन्त्र कमजोर भएकै हो ।

दोश्रो पटक अध्यक्ष बनेका ओलीका सामु विभिन्न चुनौतीहरु छन् । उनले सबैलाई समेट््न सक्नु पर्दछ । ओलीले आफसंग फरक मत राखेकाहरुलाई पनि समेट्नु पर्दछ । लोकतान्त्रिक पार्टीमा मत फरक हुनु स्वभाविक हो तर त्यसैका आधारमा कसैमाथि निषेध गर्नु लोकतन्त्रका लागि सुहाउने काम होइन । दोश्रो पटक अध्यक्ष बनेका एमाले अध्यक्षले राम्रो काम गर्न सकुन् शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here