सिमरा,बाराको अमलेखगंजस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट २०५५ सालमा प्रवेशिका परीक्षा (एसएलसी) उतिर्ण गरेका विद्यार्थीको समुहले छात्रवृत्ति वितरण तथा शिक्षक सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

विद्यालयका पूर्वविद्यार्थीहरुले स्वर्गीय सहपाठी प्रदिप बल र अमृत कार्कीको स्मृतिमा छात्रवृत्ति र शिक्षक सम्मान कार्यक्रम आयोजना गरेको हो । बल र कार्कीको सम्झनामा आफूहरुले अध्ययन गरेकै विद्यालयमा कक्षा १० मा पढ्ने एक छात्र र एक छात्रालाई छात्रवृत्ति वितरण गरेको कार्यक्रम संयोजक चुडामणी खरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयमा २०५५ सालमा अध्यापन गराउने पूर्वशिक्षक र शिक्षिकालाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा स्वर्गीय बल र कार्की सहित शिक्षक नवलप्रसाद सिंहको परिवारका सदस्य र विद्यालयमा हाल अध्यापन गराइरहेका शिक्षकलाई समेत सम्मान गरिएको खरेलले जानकारी दिनुभयो ।

पूर्वविद्यार्थी ज्ञानराज लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक प्रध्यानाध्यापक स्वर्गीय सिंहकी पत्नी रानीदेवी सिंह, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष सुवास श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार साह, विद्यालयका प्रध्यानाध्यापक दिनेश लामिछाने, पूर्वशिक्षक रामप्रसाद अधिकारी, प्रदिप गुप्ता, मनोज साह, विशाल साह, भुपेन्द्र दहाल, कृष्णदेव चौधरी, गगनदेव सिंह, गीता थापा लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply